ट्रेण्डिङ

होमपेज / समाज

थप ३,२७४ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र १ गते मंगलबार १८:०१:०८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन गरी १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै मंगलबार १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top