ट्रेण्डिङ

होमपेज / समाज

जनहितकारीको वार्षिक समीक्षा सम्पन्न

नेपालगाथा २०७८ श्रावण ३२ गते सोमबार ०९:०५:३३ मा प्रकाशित

सुर्खेत । जनहितकारी सहकारी संस्थाले वीरेन्द्रनगरमा एक दिने वार्षिक समीक्षा गोष्ठि सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष हरिहरनाथ योगीले संस्थाको नीति अनुसार अधिकांश कार्यक्रम सम्पन्न भएको बताउनुभयो । कोभिड १९ का कारण भएको लकडाउनले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नुका साथै बित्तीय संस्थाहरु जोखिममा परेको बताउदै अध्यक्ष योगीले यस जटिल परिस्थितिमा पनि संस्थाले प्राप्त गरेका उपलब्धीहरुले थप उत्साह प्रदान गरेको बताउनु भयो ।

कार्यक्रममा आव २०७७।७८ का लागि निर्धारित लक्ष्य र आव २०७७।७८ मा प्राप्त उपलब्धिका बिषयमा संस्थाका प्रबन्धक हिमलाल गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी लेखापाल वसन्त बहादुरबुढाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आव २०७७।७८ मा कुल कारोबार लक्ष्य ६० करोड २० लाख ४६ हजार ९६५ रुपैयाँ निर्धारण गरिएको ६३ करोड ५१ लाख ६९ हजार ९४७ रुपैयाँ ६६ पैसाको कुल कारोबार भएको बताउनुभयो ।

यसैगरी आव २०७७।७८ मा ८१ लाख ४४ हजार १९२ रुपैयाँ नाफा गर्ने लक्ष्य राखिएकोमा १ करोड ४१ लाख ६२ रुपैयाँ ६६ पैसा नाफा गर्न सफल भएको प्रतिवेदनका उल्लेख गरिएको छ । संस्थामा कुल सदस्य संख्या ६ हजार ९१२ लाई वृद्धि गरेर ७ हजार ७१२ पुगेको बताइएको छ । कार्यक्रममा संस्थाका संचालक समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, पुर्व संचालक सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top