ट्रेण्डिङ

होमपेज / समाज

थप ३,४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

नेपालगाथा २०७८ श्रावण २७ गते बुधबार १६:५०:४० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार सोही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top