ट्रेण्डिङ

होमपेज / समाज

आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

नेपालगाथा २०७८ श्रावण २५ गते सोमबार १०:०५:२२ मा प्रकाशित

काठमाडौँ । आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको हो । महाशाखाले जापान र भुटानबाट आएको खोप लगाइने जनाएको छ ।

काठमाडौँमा १४४ खोप केन्द्रबाट कोभिसिल्डको खोपको पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइनृछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top