ट्रेण्डिङ

होमपेज / समाज

मास्क नलगाउनेलाई कारबाही

नेपालगाथा २०७८ श्रावण २४ गते आइतबार २०:४४:३४ मा प्रकाशित

गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारबाही गरिएको छ ।

यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए।उनका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो ।

मास्क नलगाई हिँड्नेहरूबाट जरिवाना स्वरूप रू एक लाख ३७ हजार सङ्कलन गरिएको उनले बताए। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top