ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

नेपालगाथा २०७८ श्रावण २२ गते शुक्रबार २१:१९:४० मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ। कोरोना संक्रमण फैलिँदै गएपछि सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’

कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि संचालन गर्ने मिति तय गरिसकेको थियो। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top