ट्रेण्डिङ

होमपेज / समाज

आजदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

नेपालगाथा २०७८ श्रावण २२ गते शुक्रबार ०८:५५:०३ मा प्रकाशित

काठमाडौँ । कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि देशभर लगाइने भएको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

दोस्रो मात्राको खोप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिइने छ। सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top