ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर आंशिकदेखि सामान्य बदली हुने

नेपालगाथा २०७८ श्रावण २१ गते बिहीबार ०९:२६:१४ मा प्रकाशित

काठमाडौं । मनसुनी वायुको प्रभावको कारण देशका अधिकांश स्थानको मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भैरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।

नगरकोटीका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक ÷दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top