ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो 24 घण्टामा थप ३३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालगाथा २०७८ श्रावण १९ गते मंगलबार १८:१३:१४ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २४ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top