ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना

नेपालगाथा २०७८ श्रावण १९ गते मंगलबार ११:१९:०२ मा प्रकाशित

काठमाडौं। मनसुनी वायुको प्रभावले आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भीषण वर्षाका कारण पहाडी  भेगमा पहिरोको जोखिम र नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका  थोरै स्थानमा  हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। 

 प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने मेघ गर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top