ट्रेण्डिङ

होमपेज / समाज

खोप प्रमाण पत्र नि:शुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

नेपालगाथा २०७८ श्रावण १७ गते आइतबार १८:१६:०८ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्नरगराउन निर्देशन दिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार जारी गरेको सूचनामा खोप लगाएको प्रमाणीकरण नि:शुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । खोप लगाएको प्रमाणीकरण निस्शुल्क गर्ने साउन ७ गतेको सचिवस्तरको निर्णयअनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जनगुनासो आएको भन्दै मन्त्रालयले पुनस् उक्त निर्देशन कार्यान्वयनका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top