ट्रेण्डिङ

होमपेज / समाज

थप २,५६८ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालगाथा २०७८ श्रावण १७ गते आइतबार १७:४२:३३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६८ जना कोभिड सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ८७५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top