ट्रेण्डिङ

होमपेज / समाज

थप ३,३६५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

नेपालगाथा २०७८ श्रावण १४ गते बिहीबार १६:३५:१४ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने ४ हजार ६८७ को एन्टिजेन विधिबाट परिक्षण गर्दा १०३० मा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ। देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top