ट्रेण्डिङ

होमपेज / समाज

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

नेपालगाथा २०७८ श्रावण १३ गते बुधबार १८:४१:०८ मा प्रकाशित

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो ।

मैनाली श्रम, रोजगार तथा रोजगार मन्त्रालयमा छन् भने शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रेष्ठ निर्वाचन आयोगको कार्यालयमा कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ । सरकारले बढुवा सिफारिस समितिले पहिलो नम्बरमा परेकालाई सिफारिस गरेको अवस्थामा मैनाली सचिवमा बढुवा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top