ट्रेण्डिङ

होमपेज / समाज

थप ३ हजार ८९९ सङ्क्रमित, १ हजार ७७८ सङ्क्रमणमुक्त

नेपालगाथा २०७८ श्रावण १२ गते मंगलबार १७:५२:१९ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना सङ्क्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना सङ्क्रमित भइसकेका छन् ।

यस्तै आज मङ्गलवार १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ । यसै गरी पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top