होमपेज / समाज
काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी पाँच महीनामा झन्डै दुईलाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
पछिल्लो समय थप कोरोना संक्रमणको संख्या बढीरहेको बताउदै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख पुग्ने जनाएको हो ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने जानकारी दिए ।
मन्त्रालयका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको बताएको छ ।