ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश सरकारबाट दुई लाख पुरस्कार पाएका `मेमाेरी किङ´ काे हर्कत !

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १३:५६:५१ मा प्रकाशित

सुर्खेत । विजय शाही कालिकोटको महावै गाउँपालिका–५ को गेलामा जन्मिएका हुन् । अहिले उनी २४ वर्षका भए । उनीका बुवा त्यहीको स्थानीय विद्यालयमा शिक्षक रहेका छन् । उनका ठुला बुवा पूर्व जिविस सभापति हुन् । उनका बुवा गाउँका चल्लापुर्जाका शिक्षक भएका कारणले सुर्खेत वीरेन्द्रनगरमा रहेको सिद्धार्थ स्कुलमा सानैदेखि पठाएका हुन् । त्यहीबाट उनले २०७४ सालमा प्लसटु पास गरेका हुन् ।

त्यसपछि उनी पढ्न भनेर काठमाडौं गएका थिए । सिद्धार्थ बोडिङ्ग स्कुल पढ्दा उनी निकै कमजोर विद्यार्थी रहेका थिए । उनी ९ कक्षा पढ्दासम्म्म स्कुलमा बोल्न समेत सक्दैनथे । उनी निकै कमजोर विद्यार्थी भएको र एक्कासी मेमोरी किङ्ग भनेर उपाधी पाएको सुन्दा आफु अच्चमित भएको उनीसँगै पढ्ने लोचन बुढामगरले बताए । ‘काठमाडौं गएपछि उनले आफु मेमोरी किङ्ग उपाधी पाएको सुन्दा अच्चम लाग्यो ।’ उनी भन्छन्,‘कहिलेकाँही पहिला कमजोर विद्यार्थीपछि राम्रो गर्न सक्छ भन्ने लागेर पत्याए ।’

उनी विद्यालयका अब्बल दर्जाका छात्र नभएको उनी बोल्न पनि नसक्ने कमजोर छात्र रहेको सिद्धार्थ बोडिङ्ग स्कुलका एक शिक्षकले नाम नबताउने सर्तमा भने ‘उनी कसरी मेमोरी किङ्ग भए कसले त्यो उपाय सिकायो पत्तो नै भएन् ।’ उनले भने,‘मिडियामा आएपछि मात्र थाहा भयो ।’

उनले पहिलो पटक कालिकोटमा गएर मेमोरी किङ्ग भएको बताएको उनका बिषयमा कालिकोटका थोरै मात्र जानकारी भएकोले पहिलो कालिकोटमा नै गरेको कालिकोट खाँडाचक्र नगरपालिकाका स्थानीय रामबहादुर शाहीले बताए ।‘विजयका बिषयमा कालिकोटका अंधिकास थाहा थिएन् ।’ उनले भने,‘कालिकोटका नागरिकले विजयले भनेको पत्याए ।’

पहिलो पटक कालिकोटमा गएर उनले आफ्नो मेमोरीको बिषयमा जानकारी दिएको शाहीले बताए । ‘एक दुई अंक रामायण र महाभारत ग्रन्थ श्लोक कण्ठ चाहि पारेका छन् ।’ उनले भने,‘त्यही आधारमा सबैले पत्याए । जान्नेमान्नेले पत्याए । परिवारको छवि राम्रो भएको कारणले होला भन्ने सबैलाई लाग्यो होला ।’

तर, उनको अग्रेजी, गणित लगाएतका बिषयमा उनी कमजोर नै रहेको कसरी स्मरणशक्ति बढाउने फर्मुला पत्ता लगाए भनेर सबैले पत्याएको उनका सहपाठीहरु बताउँछन् ।

यसरी झुक्याए, नेपाली मिडियालाई

मेमोरी किङ्ग भनेर आफुलाई चिनाउँदै आएका कालिकोट महावै गाउँपालिका विजय शाहीको नेपाली भ्रमित पारेको भन्दै आलोचना बढेको छ । अमेरिकी नेल्सन डेलिसले शाहीलाई भेटर भिडियो युटुयुवमा अपलोड गरेपछि शाहीले नेपाली मेमोरी किङ्ग भनेर नेपाली भ्रमित पारेको पारेको नेपालीको बेइजत गरेको भन्दै आलोचना भएको हो ।

विगत दुई वर्षदेखि मेमोरी किङ्ग भन्दै नेपाली मिडिया र युटुयवमा छाउँदै आएका थिए । आफु मेमोरी किङ्ग भन्दै शाहीले स्थानीय सरकार तथा प्रदेश सरकारलाई झुक्याएर लाखौ रुपैयाँ पनि कुम्ल्याएका छन् । तिनै शाहीलाई विश्वभरमा मेमोरी ग्रान्ड मास्टर्स भनेर चिनिएका अमेरिकी नेल्सन डेलिस अन्र्तवार्ता लगेका छन् । डेलिससँगको अन्र्तवार्ताका क्रममा शाहीले राम्रो अग्रेजी बोलेका छैनन् ।

मेमोरी किङ्ग भनेर आफुले चिनाउने शाहीले आफुसँग अरुको दिमागमा चाडै सम्झिने शक्ति भएको फर्मुला भएको बताउँदै आएका थिए । यसअघि नेपाली मिडियाहरु ०६८ सालमा इटहरीकी अनुजा बानियाँले ९० लाखभन्दा धेरै पैसा पाएको नेपाली मिडियालाई झुक्याएकी थिइन् ।

यसरी आए चर्चामा

बि.स.२०७६ वर्ष माघमा शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखा प्रचार गरे । त्यसको आधारिक प्रमाण केही पनि छैन् । त्यसपछि उनको नाम चर्चा आउन थालेको थियो । नेपालका अपर्ण शर्माले च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्स रेकर्ड नेपालका मेमोरी किङ भनेर चिनाउथे ।

शाहीले च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएको बताउँने गरेको भएपनि अहिलेसम्म गिनिजमा नाम लेखेका छैनन् । च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा लेखाएका बिषयमा आधिकारिक प्रमाण पनि छैन् ।

सरकारलाई समेत झुक्याए

शाहीले कालिकोट स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई भ्रममा पारेर ठगेका छन् । २०७६ साल फागुन ५ गते कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद्ले ‘च्याम्पियन अफ ह्युमन एचिभमेन्ट मेमोरी’मा रेकर्ड कायम गर्ने महावै गाउँपालिका वडा नम्बर ५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार रकम दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसबेला कतिपय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफन्त भएका कारणले त्यो रकम दिएमा आलोचना गरेका थिए । कर्णाली प्रदेश सरकारले पुरुस्कार दुई लाख दिएपछि कालिकोटका केही महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका लगाएतका शाही एक लाखभन्दा बढीको पुरस्कार दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top