होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् ।