होमपेज / समाज
काठमाडाैँ । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन ।
टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत छिन् ।उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।।कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन ।
तर, नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको छ । सोही अनुसार हाल उनलाई मिर्गौला दान गर्नकालागि ५ जना आफन्त इच्छुक रहेको बताइएको छ ।यदि म्याच भएमा उनको छिट्टै नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ ।