ट्रेण्डिङ

होमपेज / समाज

मलेसियाबाट एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइयाे

नेपालगाथा २०७८ श्रावण ९ गते शनिबार १४:३४:२५ मा प्रकाशित

काठमाडौं । मलेसियाबाट एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको छ । रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । 

निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएकाे छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top