होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभाव सामान्य रहेकाले भीषण वर्षाको सम्भावना नरहेको बताएको छ। शनिबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रहेको छ। अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
दिउँसो मौसम देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा भने क्षणिक भीषण वर्षाको सम्भावना रहेको छ।