ट्रेण्डिङ

होमपेज / समाज

नौ लाखका लागि सैनिकले साथीको हत्या गरेकाे खुलासा

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार २०:०१:१३ मा प्रकाशित

चितवन । नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकी सहकर्मी पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ ।

सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ ।शव भेटेको भोलिपल्ट प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । मार्ने गंगाधर ढकाल र मारिने भरत गुरुङ दुवै सैनिक रहेको प्रहरीले जनाएको छ । आर्थिक लेनदेनका कारण गोली हानिएको प्रहरीको भनाइ छ । 

धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहीबार बिहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँ लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ ।एसपी ओमप्रसाद अधिकारीका अनुसार हुद्दा भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनानबाट फर्किएका थिए ।

शान्तिसेनामा जाँदा कमाएको रकमबाट उनले चितवनमा जग्गा बैना गरेका थिए । उनले ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खाताको चेक मिल्ने साथी भएकाले गंगाधरलाई नै दिएका थिए ।प्रहरीका अनुसार गंगाधरले साउन ३ गते भरतको हस्ताक्षर आफैंले गरेर ९ लाख रकम निकालेको पाइएको छ। एक लाख आफूसँग राखेर बाँकी ८ लाख परिवारका सदस्यलाई दिए । 

जंगी अड्डाका एक उच्च सैनिक अधिकारीले प्रहरीले चितवनमा बरामद गरेको हतियार सेनाको भएको जानकारी दिए । ती सैनिक अधिकारीका अनुसार, केही वर्षअघि सैनिक व्यारेकबाट हराएको हतियार र बरामद हतियारबीच प्रारम्भिक ‘कनेक्सन’ देखिएको छ । ढकाललाइ मुलुकी अपराधसंहिता–२०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको सजायको व्यवस्था हुने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top