होमपेज / समाज
काठमाडौं । नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी जम्मा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४१०, ललिपुरका १३४ र भक्तपुरमा ६९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।