ट्रेण्डिङ

होमपेज / समाज

लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार १६:०९:०९ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । 

प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अुनसार त्रिभुवन विश्‍वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाछ परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्‍न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्‍यकाका सम्पूर्ण यातायात व्‍यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्‍यवस्था मिलाउन अनुरोध छ।’

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top