ट्रेण्डिङ

होमपेज / समाज

चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट

दाजु नाता पर्ने पक्राउ

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार १५:४३:१५ मा प्रकाशित

काठमाडौँ ।  चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । उनी नाताले दाजु पर्छन् । झापाकाे झापा  गाउँपालिका- ६ शरणमतिका २३ वर्षीय  सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ ।शुकदेव भण्डारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले भण्डारीको उजुरीका आधामा काठमाडौंबाट पक्राउ परेका युवालाई चितवन पुर्‍याइसकेको जनाएको छ ।शव भेटिएपछि स्थानीयले दोषीको कारबाहीको माग गर्दै राजमार्गसमेत अवरुद्ध पारेका थिए ।सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top