ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम सामान्यदेखि पुर्ण बदली

नेपालगाथा २०७८ श्रावण ७ गते बिहीबार १०:४९:५७ मा प्रकाशित

काठमाडौं । मनसुनी वायु सक्रिय रहेको कारण अहिले देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्। उनकाअनुसार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

यस्तै राती गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top