ट्रेण्डिङ

होमपेज / समाज

अब १८ वर्ष माथिकाले जोन्सनको खोप लगाउने

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार १६:४४:५३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिने भएको छ । स्वास्थ्य सेवा विभागले काठमाडौँलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top