ट्रेण्डिङ

होमपेज / समाज

८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार ११:३८:०४ मा प्रकाशित

मकवानपुर । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ। बुधवार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन् ।

मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top