ट्रेण्डिङ

होमपेज / समाज

आज सार्वजनिक बिदा

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार ११:२६:४७ मा प्रकाशित

काठमाडौँ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

 नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई कुर्वानी दिने परम्परा छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top