होमपेज / समाज
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल १० हजार ९०४ जनाको परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप ३ हजार १३० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । निको हुने दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।