होमपेज / समाज
काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् ।करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने बताइएको छ ।
टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् ।