होमपेज / समाज
काठमाडौँ । चाँगुनारायण नगरपालिका– ९ ताथलीमा रहेको बीएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार स्थानीय राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको हाे।इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् ।
शुक्रबार करीब ११ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।