ट्रेण्डिङ

होमपेज / समाज

१ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

नेपालगाथा २०७८ जेठ १६ गते आइतबार १६:३८:५७ मा प्रकाशित

सुनसरी, १६ जेठ कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेकोअवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top