ट्रेण्डिङ

होमपेज / समाज

गणतन्त्र दिवसकाे सम्पूर्ण नेपालीहरुमा शुभकामना : मुख्यमन्त्री शाही

नेपालगाथा २०७८ जेठ १५ गते शनिबार १७:५९:१७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवसकाे अवसरमा प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे छ । गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेकाे जनयुद्ध, जनआन्दलोन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुती दिने महान सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

गणतन्त्र स्थापना दिवसका अवसरमा मुख्यमन्त्री शाहीले शुभकामना सन्देश प्रकाशन गर्दै वेपत्ता घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएकाे छ । न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दै मुख्यमन्त्री शाहीले गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी/समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, लगायतका महत्वपूर्ण साजनीतिक उपलब्धिहरु प्राप्त गरेकाे बताउनु भयाे ।  

विश्व समुदायसँगै हामीले पनि कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संकटसँग मुकाविला गरिरहेका छौँ । सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्यको काममा प्रदेश सरकार लागिरहेको  प्रेस वज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

सबै नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्तिलगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको मुख्यमन्त्री शाहीले बताउनुभएकाे छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत कोभिड प्रतिकार्यमा केन्द्रित गर्ने प्रदेश सरकारको तयारी रहेको बताउँदै मुख्यमन्त्री शाहीले कोभिड–१९ ले सिर्जना गरेको अहिलेको परिस्थितिबाट निरास नहुन तथा धैर्य गर्न आग्रह गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top