होमपेज / समाज
टेकराज भण्डारी, अछाम । अछाम जेसिजले जिल्लाअस्पतालअछामका बिरामीका कुरुवालाई निस्शुल्क खाना सहयोग कार्यक्रम शुरु गरेको छ। बिरामीलाई जिल्ला अस्पतालबाटै खाना पाईने भएपनि कुरुवाका लागि खाना सहयोग थालिएकोहो। विआर्सि नेपालको रातोबाल्टिन परियोजनाको सहयोगमा जिल्ला अस्पताल अछामका बिरामी कुरुवाका लागि निःशुल्क खाना सहयोग कार्यक्रम शुरु गरिएको र उक्त कार्य १ हजार खाना छाक सम्म खुवाईने अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले बताउनु भयो।
हरेक दिन बिहान र बेलुका खाना खुवाईने छ। विश्वव्यापी कोरोना महामारीका कारण जारी निषेधाज्ञाले बिरामी तथा कुरुवा समस्यामा परेका, वरीपरीका होटल समेत बन्द भएका कारण सहज खाना प्राप्तिमा समस्या भएको तथा यो बेला आर्थिक समस्या समेत हुने भएको ले बिरामी कुरुवाका लागि खाना सहयोग गरिएको कार्यक्रमका सम्पर्क व्यक्ति तथा अछाम जेसिजका निवर्तमान अध्यक्ष तुलाराम बिसीले बताउनु भयो।
अछाम जेसिजले शनिवार बिहान सम्म ३२ जना बिरामीका कुरुवालाई खाना सहयोग गरेको छ। जिल्लाअस्पतालमै आएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि खाना वितरण गर्ने गरिएको छ। कोरोना महामारीका कारण समस्या उत्पन्न भैरहेको बेला निःशुल्क खाना सहयोग गरेकोमा कुरुवाले धन्यवाद व्यक्त गरेका छन्। यो कार्य सकारात्मक भएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढा मगरले बताउनु भयो।
शनिवार बिहान खाना खुवाउने कार्यक्रम मा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, अछाम जेसिजका पूर्व अध्यक्ष नमराज न्यौपाने, कार्य कारिणी उपाध्यक्ष हरि श्चन्द्ररावल, उपाध्यक्ष मनकला न्यौपाने, रञ्जना तिमिल्सैना, सुर्य परियार लगायतको सहभागीता रहेको अछाम जेसिज काम हास चिव टेकराज भण्डारीले जानकारी दिनुभयो।
“मानवताको सेवा नै जिवन को सर्वोत्तम कार्य हो"
भन्ने जेसीजको मूल मन्त्रलाई अंगिकार गर्दै आज १४ ओैं गणतन्त्र दिवसको अवसर पारेर २०७८ साल जेठ १५ गते देखि जेसी आई अछाम २०२१ को आयोजनामा तथा निबर्तमान अध्यक्ष जेसी तुलाराम बिसीको अगुवाईमा अछाम जिल्ला अस्पताल मंगलसेन अछाम मा ३२ जना बिरामीलाई निशुल्क खाना बितरण गरियो। यो अछाम जेसिजको यो अभियान अछाम अस्पतालका १००० बिरामिका कुरूवाका लागि शुरुवात गरिएको हो।
आजको यस कार्यक्रममा अछाम जेसिजका अध्यक्ष जेसि अमरनाथ न्यौपानेको अध्यक्षतामा भएको हो। अछाम अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रभु नाथ खनाल , पुर्व अध्यक्ष नमराज न्यौपाने अस्पतालका नर्सिङ ईन्चार्ज गंगा बुढामगर र अछाम जेसिजका कार्य कारिणी उपाध्यक्ष जेसि हरिश चन्द रावल, कोषा अध्यक्ष दिपिका कुवर, महासचिव टेकराज भण्डारी र उपाध्यक्ष मनकला न्यौपाने, जेसी रञ्जना खनाल, जेसि सूर्य परिवार र अन्य जेसीजका साथीहरू सामाजिक दुरि कायम गर्दै उपस्थिति भई सो निःशुल्क खाना वितरण कार्यक्रम सम्पन्न ग़रीयो।
अछाम जेसिजको सामाजिक सेवामा सहयोग गर्ने सहयोगीहरू बिआर्सी नेपाल काठमाण्डौँका अध्यक्ष रूपा पाण्डे, अछाम जेसिजका डाईनामिक लिडर तथा निबर्तमान अध्यक्ष जेसि तुलाराम बिसी, जेसि नमराज न्यौपाने, आस्था नेपालका परियोजना प्रमुख रूपक चन्द, मालिका बिकास संघ परिवर्तन परियोजनाका प्रमुख रतन रावललाई विशेष धन्यवाद छ।