ट्रेण्डिङ

होमपेज / समाज

नेपाल स्वास्थ्य शिक्षा संघको आयोजनामा अनलाइन वेबिनार कार्यक्रम सम्पन्न

नेपालगाथा २०७८ जेठ १४ गते शुक्रबार २१:५३:३२ मा प्रकाशित

नेपाल स्वास्थ्य शिक्षा संघको आयोजनामा आज मिति २०७८ जेठ १४ गते शुक्रबार ४:१५ देखि ५:४५ सम्म अनलाइन वेबिनार कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सम्पूर्ण सहभागीलाई नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN) का कोषाध्यक्ष माधवी गौतमले स्वागत गर्नुभयो । शिक्षा शास्त्र संकायका डीन प्रा. डा. चित्र बहादुर बुढाथोकीले स्वागत मन्तब्य र कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभयो।

कार्यपत्र प्रस्तोता तिलगंगा आँखा अस्पतालका बरिष्ट Ophthalmologist डा. रबा थापाले "Situation of Black Fungus and COVID-19 Co-morbidity: Breaking the Chain of Transmission” बिषयक १ घण्टा लामो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुती पछी १५ जना सहभागीहरुको जिज्ञासालाई डा. थापाले प्रश्न उत्तर तथा छलफल सत्रमा प्रस्ट पार्नुभएको थियो ।

कार्यपत्र प्रस्तोतालाई नेपाल स्वास्थ्य शिक्षा संघका पुर्ब अध्यक्ष प्रा. पृथु चरण बैधले हार्दिक धन्यबाद टक्र्याउनु भएको थियो । अन्त्यमा, नेपाल स्वास्थ्य शिक्षा संघका अध्यक्ष प्रा. डा. भीमसेन देवकोटाले कार्यपत्र प्रस्तोता र सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुभयो । उहाँले होम टेक संदेशको रुपमा व्यक्तिगत स्वच्छता, वातावरणीय स्वास्थ्य, भौतिक दुरीको कायम, रोगको शिघ्र निदान र उपचार र जनचेतनाको लागी स्वास्थ्य शिक्षाको अपरिहार्यतामा जोड दिनु भएको थियो ।

कार्यक्रमको संचालन संघका महासचिब भगवान अर्यालले गर्नु भएको थियो । कार्यक्रममा २४६ जनाको सहभागी रहेको थियो । आजको कार्यक्रमको सार: हाल कोभिड-१९ का केही बिरामिहरुमा पछिल्लो चरणमा देखिएको Black Fungus रोग सडेगलेका वस्तु तथा फोहर ठाउँमा पैदा हुने Mucormycetes नामको ढुसी प्रजातिको परजीवि विशेष गरी श्वासप्रश्वासबाट तथा केही ब्यक्तिमा छालामा भएका घाउ तथा पोलेको ठाउँबाटभित्र प्रवेश गरी शारीरको जुनसुकै भागमा पुगेर आक्रमण गर्नसक्छ र त्यहाँको तन्तु सडेर कालो देखिन्छ। यसले विशेष गरि नाकभित्रको साइनस, आँखा, मस्तिष्क तथा फोक्सोमा बढी क्षति पुर्याएको देखिन्छ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुको शरीरमा आक्रमण गर्ने यो रोग सरसफाइको कमि भएको व्यक्तिहरु, क्यान्सर तथा मधुमेहका रोगिहरु र कोभिड-१९ का स्टेरोइडको जथाभावी एवं अधिक प्रयोग गर्ने ब्यक्तिहरु यस रोगको उच्च जोखिम समुहमा पर्दछन। यो संक्रमणको समयमै जाँच तथा उपचार गर्यो भने पूर्ण निको हुने र जटिलता पैदा हुनबाट बच्न सकिन्छ ।

पूर्ण सरसफाई, ब्लड सुगरको नियमित जाँच र नियन्त्रण, स्टेरोइडको जथाभावी तथा अधिक प्रयोगमा नियन्त्रण र सन्तुलित भोजन मार्फत शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गरेर यो रोगबाट वचन सकिने कुरा डा. थापाले राख्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top