ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा थप १० दिन निषेधाज्ञा

नेपालगाथा २०७८ जेठ १४ गते शुक्रबार १८:०२:२६ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा थप १० दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासनका अनुसार सुर्खेतमा जारी निषेध आदेश २५ गतेसम्म थप गरिएको हाे । शुक्रबार बसेको कोरोना संटक व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो । ‘संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु नै उत्तम हुन्छ’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘२५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ ।’

हाल सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेध आदेश आज (शुक्रबार) एक महिना पुगेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top