alpha add

"बैशाख महिना भित्र स्वच्छ खानेपानी खुवाउछु" -अध्यक्ष ढुङ्गाना

alpha add
  • नेपालगाथा
  • २०७४ चैत्र १९ गते
alpha add

अमर कार्की, बाबियाचाैर, सुर्खेत ।  बढ्दै गरेकाे घना बस्ती, जनसंख्याको बढ्दै गरेको चापले मानिस दैनिक अाबश्यकता बढ्दै गएका छन । स्थानीय संरचना अनुसार पञ्चपुरी नगरपालिका पछि यहाँका बस्तीकाे ब्यवस्थापन, सडक निर्माण संगै खानेपानी पनि याेजनाका रुपमा अगाडि बढाइएकाे छ । सुर्खेत जिल्लाकाे पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका नागरिकहरु अब छिटै स्वच्छ पिउने पानीकाे सुबिधा लिने भएका छन । बाबियाचाैर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तेस्रो साना सहरी खानेपानी अायाेजना लागु गरी घरघरमा धारा जडान गरी सुबिधा दिन लागेको हाे । २०४० सालमा स्व. महेन्द्र प्रसाद ढुङ्गानाले खानेपानीकाे उपभोक्ता समिति गठन गरी कामकाे सुरुवात गरेका हुन । द्वन्द्व कालकाे समयमा खानेपानी ठुलाे समस्या खेप्नुपरेकाे, पाईप लाईन काटिएका, काराेवार गर्न गाह्रो भएकोले अायाेजना राम्रोसँग संग संचालन नभएको स्थानीयहरु बताउँछन् । बिद्यालयमा नियमित पानी संचालन हुन नसक्दा पिउने पानीको समस्या र शाैचालय प्रयाेग समेतमा समस्या भैरहेको छ ।

सरकारकाे याेजना अनुसार बिद्यालयमा बिद्यार्थी लाई कृषिको प्रयाेगात्मक ज्ञान, हरियाली वातावरण, बगैचा बनाउन कठिनाई भएको समूह अाधारभुत बिद्यालयका प्रधानाध्यापक प्रेम बिष्ट बताउँछन् । हामिले समिति संग समस्याको बारेमा जानकारी गराएका छाै अब अायाेजना सम्पन्न भएपछी समाधान हुनेमा अाफु बिश्वस्त रहेकाे बताउँछन् । सेवा क्षेत्रभित्र पञ्चपुरी नगरपालिकाका वार्ड नं. ५ र ६ का करिब १४ सय घरधुरी रहेका छन । देशभरका १३ अाेटा अायाेजना मध्ये स्वीकृत भएको यस अायाेजनाकाे कुल लागत १५ कराेड ६२ लाख २२ हजार ७ सय ९१ रुपैयाँकाे रहेकाे छ । तत्कालीन सांसद तथा सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टकाे पहलका कारण अायाेजना स्वीकृत भएको हाे । चन्द्रा एण्ड बसन्त जेबि प्रेरणाले जिम्मा लिएकाे काम सम्झौता अगाडि नै सम्पन्न हुने भएको छ । निर्माण सम्पन्न भएको २ बर्ष सम्पन्न अायाेजनाले नै अनुगमन गर्ने उपभोक्ता समिति का अध्यक्ष जीवन ढुङ्गानाले जानकारी दिनुभयाे ।

"हामिले कर्मचारी ब्यवस्थापन, कार्यालय ब्यवस्थापन, ब्यक्ति तथा समुहका नाममा रहेको बक्यौता रकम असुल, बिधुतिय प्रणाली बाट काराेबार संचालन, मिटर जडान तथा जनसंख्या अनुपात अनुसार अायाेजना माग गरी काम बिना बिवाद सुरुवात र सम्पन्न भयाे यसमा खुसि छाै " ढुङ्गानाले बताए । २०७३ कार्तिक देखि सुरु भएको अायाेजनाकाे सम्झाैता अबधि १८ महिनाकाे रहेको छ । अहिले सम्म बिपन्न परिवारका ४१० घरधुरी लाई १० हजारका दरले चर्पि निर्माणका लागि सहयाेग, अपांग मैत्री सार्वजनिक शाैचालय निर्माण, कार्यालय काे ५ काेठाकाे भवन निर्माण, ४६० घनमिटर काे ३ अाेटा ट्याङ्की निर्माण भएको छ । त्यसैगरी पाईपलाईन ब्यवस्थापन देखि धारा जडान काे काम समेत अन्तिम चरणमा रहेकाे छ । धारा जडानका लागि प्रत्येक घरधुरीले १५ हजारका दरले धराैटी रकम जम्मा गरेका छन । उक्त धराैटी रकम बाट ७ हजार बराबरको उपभोक्ताले २३ मिटर धारा जडानका लागि पाईप, लाईन बिस्तार देखि जडान सामाग्री अायाेजना अाफैले ब्यवस्थापन गर्ने समितिले जनाएको छ ।

अायाेजनाले समितिलाई नेतृत्व बिकास तालिम देखि अनुगमन भ्रमण समेत गराएको छ । सुरुमा घरदेखि अाधा घण्टाकाे बाटाे हिडेर पानी ल्याउन जानुपर्ने बाध्यता अब नरहने भएको छ । सार्वजनिक धारा पानीको उचित ब्यवस्थापन नभएका कारण पहिले निर्माण गरिएका धाराहरुमा पनि नियमित पानी नअाउने, बेला बेला पाईपमा पानी नअाउने, चुन जम्ने, पानी भर्नकाे लागि घण्टाै समय लाग्ने जस्ता समस्या अब खेप्न नपर्ने भएको छ । अायाेजना संचालन भएका सेवा क्षेत्र लाई पुर्ण सरसफाइ बनाउनकाे लागि फाेहर ब्यवस्थापन गर्ने गाडि, ट्याङ्कर, चर्पिबाट निस्कने मललाई कृषि क्षेत्रमा प्रयोग गरी मल बनाउने प्रविधि समेत बनाएकाे समितिका सचिव यामलाल बास्तोलाले जानकारी दिए । देश भरकै १३ वटा अायाेजना मध्येबाट नमुनाकाे देखाउने समेत बताए । उपभोक्ता हरुलाइ कार्यालय सम्म महशुल बुझाउन समय खर्चनुपर्ने भएकोले अाउने अार्थिक बर्षबाट माेवाईलबाट महसुल तिर्ने ब्यावस्था मिलाईने भएको छ । निर्माण सुरु भएकाे अायाेजनाले २५ बर्ष सम्म नियमित ३ हजार धारा संचालनमा ल्याउन सकिने भएको छ । अायाेजनालाई प्रभाकारी ढङ्गबाट सम्पन्न गर्नका लागि समितिले विभिन्न उपसमिति समेत गठन तथा परिचान गरेकाे छ ।

बिबाद समाधान समिति, अनुगमन समिति, सुझाव संकलन समिति, समन्वय समिति ले कामलाई प्रभाबकारी रुपमा अगाडि बढाएका छन । ९ सदस्यीय समाबेशि रुपले गठन भएको समितिका सदस्यहरुले कार्य बिभाजन गरी अनुगमन तथा सहयोग गरेका छन् । नगरपालिकाकाे मापदण्डअनुसारकाे सडक क्षेत्र भन्दा २ मिटर बाहिर पाईप बिछ्याउन सुरु गरेपछि अस्थायी रुपमा निर्माण गरिएका भवन हरुलाई समेत असर परेकाे छ । अागनमै खानेपानीकाे लाईन बिस्तार भएको छ यस्तो बिकास हुन्छ भन्ने पहिले थाहा थिएन तर बिकासका लागि घरहरु ब्यवस्थापनका लागि अाफु तयार भएको र बिकासले बिनास भए पनि नियमित स्वच्छ पिउने पानी खान पाउदा पञ्चपुरी ५ का खानेपानी उपभोक्ता तप्त रिमालले खुसी ब्यक्त गरे । अाफ्नाे नगर र वडाहरुलाई पुर्ण सरसफाइ उन्मुख र स्वच्छ पञ्चपुरी बनाउन नगरपालिका बाट पनि बजेट ब्यवस्थापन गरेको नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले जानकारी दिनुभयाे । अागामि याेजना हरुमा पनि खानेपानीका लागि बजेट ब्यवस्थापन गर्ने नगरले बताएको छ । अायाेजनाका लागि नेपाल सरकारकाे ७० प्रतिशत २५ प्रतिशत नगरपालिका र ५ प्रतिशत समुह तथा उपभाेक्ताकाे लगानी भएको छ ।

alpha add
alpha add
alpha add
alpha add

प्रकाशित मिति: २०७४ चैत्र १९ गते   (2018-04-02) 

प्रतिक्रिया दिनुहोस:

 Like us on Facebook     Follow us on Twitter   

सम्बन्धित सामग्री

Top