ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय स्पष्ट भिजनका साथ अघि बढ्छ - उपकुलपति प्राडा सिंह

मप विश्वविद्यालयको १०औँ वार्षिक उत्सव

नेपालगाथा २०७७ असार ३ गते बुधबार १३:५०:१० मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल  विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आफ्ना स्पष्ट भिजनका साथ विश्वविद्यालयलाई अघि बढाउने बताउनु भएको छ ।  कर्णालीका जनताको चाहाना अनुसारको आफ्नो भिजन सहित अघि बढ्ने उहाँको भनाइ थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलेको  १०औँ स्थापना दिवसका अवसरमा आफ्ना धारणा राख्दै उपकुलपति प्राडा नन्दबहादुर सिंहले यस्तो बताउनु भएको हो ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण सार्वजनिक रुपमा कार्यक्रम नभए पनि अनलाईन भर्चुअल माध्यमबाट वार्षिक उत्सव मनाइएको हो । 
आफु उपकुलपति भएर आउनुपूर्व नै यहाँको भौतिक संरचना पुरा गर्ने, विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, इकोनोकीको साधन बनाएर उत्पादन गर्ने, रोजगारी सृजना गर्ने, अत्याधुनिक कोर्ष बनाउने, कर्णालीका १० जिल्लाका स्रोत साधनको बारेमा बुझ्न सक्ने शिक्षाको विकासमा लाग्ने भिजन रहेको उहाँको भनाइ छ । 


सिंजा सभ्यता, ऐतिहासिक काँक्रेविहार जस्ता धरोहरले भरिपूर्ण क्षेत्रहरु कर्णालीमा रहेको भन्दै उहाँले विश्वविद्यालयलाई कर्णालीका जनताको जीवन परिवर्तन गर्नै विश्वविद्यालयको रुपमा विकास गर्ने बताउनु भयो । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय कर्णालीको गरिबी विरुद्ध हो, गरिब जनताका छोराछोरीलाई पढाएर उनीहरुलाई राष्ट्रका कर्णदार बनाउने जिम्मा लिएको छ । उहाँले भन्नुभयो, ‘म धर्तीमा बाचुञ्जेल भष्ट्राचार गर्ने छैन । भष्ट्राचार विरुद्धको आन्दोलनमा स्वयम् सहभागिता जनाउने छु । अन्य प्राध्यापक, उपप्राध्यापक विद्यार्थीहरुलाई पनि यसमा लाग्न आग्रह गर्ने छु ।’


२०६७ साल असार ३ गते आजकै दिन विश्वविद्यालय स्थापना भएको दिनलाई स्मरण गर्दै उहाँले स्थापनार्थ लाग्ने शिक्षक विद्यार्थी, सामाजिक अभियान्ता, सहयोगीदाताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । 
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार यामबहादुर कार्कीले कोरोना भाइरसको महामारीका कारण यस वर्ष सार्वजनिक रुपमा कार्यक्रम गर्न नपाए पनि भविष्यमा प्रभावकारी रुपमा मनाउने बताउनु भयो । 
उपकुलपतिको नेतृत्वमा विश्वविद्यालय अघि बढिरहेको अवस्थामा विश्वविद्यालयको प्रगतिमा सहयोग गर्न उहाँले अनुरोध समेत गर्नुभयो । भर्चुअल बैठकमा विश्वविद्यालयका प्राध्यापक, उपप्राध्यापक, विद्यार्थीहरु गरी करिव ३ सय जनाको सहभागिता रहेको थियो ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top