ट्रेण्डिङ

होमपेज / समाज

सेनिटाइजर बोकेर झुपडीमा उपकुलपति

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार २१:५१:३९ मा प्रकाशित

सुर्खेत । कोरोना भाइरस (काेभिड - १९) काे संक्रमणबाट जोगिने उपायका बारेमा जानकारी दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेको सेनिटाइजर बोकेर विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह आफै गरिब झुपडीमा पुग्नुभएकाे छ ।

गरिब तथा विपन्न बस्तीमा सेनिटाइजारको प्रयोगबारे जनचेतना जगाउने र कोरोना संक्रमणबाट बच्न उपायबारे समुदायमा सचेतना फैलाउन उपकुलपति सिंह शनिबार आफै गरिब बस्तीका घरघरमा पुग्नुभएकाे हाे ।

वीरेन्द्रनगर नगरपालिका वार्ड नं ५ कालिका मन्दिर नजिक रहेको दलित बस्ती, गिरीघाटमा रहेको बाढीपीडित बस्ती, नयाँ गाँउको आदीबासी थारु समुदाय र महिला प्रशिक्षण केन्द्रमा रहेको बाढी पीडित बस्तीमा पुगेर उपकुलपति सिंह नेतृत्वको टोलीले निःशुल्क सेनिटाइजर वितरण गरेको हाे ।


त्यस्तै शनिबारनै खुला मञ्चको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेक र सशस्त्र प्रहरी बल औधोगिक सुरक्षा बेस क्याम्पमा रहेका सुरक्षाकर्मीको टोलीलाई पनि सेनिटाइजर वितरण गरिएको विश्वविद्यालयले जनाएको छ । विश्व विद्यालयको विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको प्रयाेगशालामा उत्पादन भएका सेनिटाइजार यसअघि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुखलगायतलाई वितरण गरिएको थियो । पहिलो चरणमा उत्पादन भएको ९ सय थान सेनिटाइजर निःशुल्क वितरण गरिएको र दोस्रो चरणमा उत्पादन गरि विक्री वितरण गरिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top