होमपेज / प्रबिधि
काठमाडौँ चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ।
माेटरहेड माेटरसाइकलकाे नेपालको लागी अधिकृत विक्रेता एसएलआर कम्पनीले अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ ।शुक्रबार सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ।
एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपाङ्ग्रे बजारमा– डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ । त्यसबाहेक, कम्पनीले क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टहरूलाई पनि लोकप्रिय बनाउन धेरै प्रयास गरेको छ । मोटरहेड बाइक नेपालको सबै भू–भागको लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, प्रशंसनीय पिक अप, पावर र आरामका लागि परिचित रहेको कम्पनीको दाबी छ ।
फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ।मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ ।