होमपेज / प्रबिधि
काठमाडौं । चारजना एमोच्योर्ड अन्तरीक्षयात्री स्पेस-एक्स रकेट कम्पनीको क्याप्सुलमार्फत आज अन्तरीक्षतर्फ प्रस्थान गरेका छन् । उनीहरु पहिलोपटक निजी मिसनअन्तर्गत कक्षतर्फ लागेका हुन् ।
स्पेस एक्सले इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार पठाएको हो ।अबको तीन दिन उनीहरुले अन्तरीक्षमा रहेर पृथ्वीको परिक्रमा गर्नेछन् ।अन्तरीक्ष पर्यटनमा यसलाई महत्वपूर्ण अवसर मानिएको छ । यो मिसनमा २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्की छन् । अर्सेनियूस हेलेले बाल अवस्थामा क्यान्सरलाई जितेकी हुन् । उनी हाल सेन्ट ज्युड अस्पतालमा फिजिसियनका रूपमा कार्यरत छिन् । उनी इजाकम्यानको अनुरोधमा यो यात्रामा सहभागी भएकी हुन् ।
केही महीनाअघि दुईजना अर्बपति जेफ बेजोस र रिचर्ड ब्रान्सन आफ्नै यानमा अन्तरीक्ष प्रस्थान गरेका थिए ।