ट्रेण्डिङ

होमपेज / खेलकुद

ला लिगा : आज राति सेभिल्ला भर्सेस एट्लेटिको मड्रिड

नेपालगाथा २०७७ चैत्र २२ गते आइतबार १८:५१:३९ मा प्रकाशित

काठमाडाैं । ला लिगाअन्तर्गत आज राति शीर्ष स्थानको एट्लेटिको मड्रिडले चाैथो स्थानको सेभिल्लासँग खेल्दै छ। ​सेभिल्लाको मैदानमा राति पाैने १ बजे खेल हुँदै छ। राति हुने खेलमा एट्लेटिकोले जित निकाल्न सके ६९ अंकसहित शीर्ष स्थानमा बलियो उपस्थिति देखाउने छ। एट्लेटिकोले २८ खेलपछि ६६ अंक बनाएको छ। 

पछिल्ला पाँचमध्ये २ मा बराबरी गरेको एट्लेटिकोलाई सेभिल्लाको मैदानमा उसलाई हराउन सहज भने हुने छैन। तर सेभिल्लाले भने पछिल्ला पाँचमा ती दुई खेल गुमाउँदा १ मा बराबरी गरेको छ। अघिल्लो खेलमा पनि सेभिल्लाले भालाडोलिडसँग बराबरी गरेको थियो। एट्लेटिकोले भने अघिल्लोपटक घरेलु मैदानमा अल्भेससँग १–० को कठिन जित निकालेको थियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top