ट्रेण्डिङ

होमपेज / खेलकुद

फिफा विश्वकप छनोट : बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल

नेपालगाथा २०७७ चैत्र १८ गते बुधबार १५:४९:३५ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको छ। बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई दुई गोल गरे। यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे। बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार चार गोल गरेको थियो।

 जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ। समूह ई को बेल्जियम शीर्ष स्थानमा रहेको छ। गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७–० गोल अन्तरले पराजित गरेको छ।  टर्कीले लाटभियासँग ३–३ गोलको बराबरी खेलेको छ। यसै गरी  नर्वेले मोन्टेनेग्रोलाई १–० ले हराएको छ। पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। गएराति नै भएको खेलमा क्रोयसियले माल्टालाई ३–० हरायो । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top