ट्रेण्डिङ

होमपेज / खेलकुद

पूर्व कप्तान महर्जनले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा

नेपालगाथा २०७७ चैत्र १७ गते मंगलबार १२:१३:०० मा प्रकाशित

काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए ।

उनले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ । सोमबार प्रधानमन्त्री ओलीले उनलाई मायाको चिनो दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top