ट्रेण्डिङ

होमपेज / खेलकुद

ला लिगा : शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार ११:४०:०३ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड भएको छ।  एट्लेटिको मड्रिड लेभान्टेसँग २–० ले पराजित भएको हाे। यस सिजन उच्च प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिड आफ्नै मैदानमा पराजित भयो। खेलको ३० औ मिनेटमा  एट्लेटिको मड्रिडका मारियो हर्मोसोले आत्मधाती गोल गरेपछि लेभान्टेले खेलमा अग्रता बनाएको थियो।

इन्जुरी समयको पाचौँ मिनेटमा अर्थात ९५औँ मिनेटमा लेभान्टेका लागि जर्ज डे फ्रुटसले गोल गर्दा  एट्लेटिको स्तब्ध बन्यो। यस्तै गएराति नै भएको अर्को खेलमा  साविक सविजेता रियल मड्रिडले भाल्लाडोलिड उसकै मैदानमा हराउन सफल भयो। भाल्लाडोलिडमाथि निकै दवाव बनाएको रियलले धेरै गोल गर्न भने सकेन। खेलेको ६५औँ मिनेटमा कस्माइरोले गरेको गोल रियलको जितका लागि निर्णायक बन्यो। 

एट्लेटिको मड्रिडको हार र रिल मड्रिडको जितपछि दुईबीचको अंक दूरी ३ मात्रै रहेको छ। तर एट्लेटिको मड्रिडले एक खेल कम खेलेको छ। शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक रहेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५२ अंक पुगेको छ। २२ खेल खेल्दा ४६ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा छ।

ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोमाथि २–० को जित हात पा¥यो । एल्चिले एइबरलाई १–० ले हरायो। एजेन्सी ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top