ट्रेण्डिङ

होमपेज / खेलकुद

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी

नेपालगाथा २०७७ पौष २९ गते बुधबार ०९:०२:१३ मा प्रकाशित

काठमाडौँ।  स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले हराएको हो । 

एथ्लेटिकोको जितमा एन्जल कोरिया र साउन निगुएजले गोल गरे । खेलको १७ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १–० ले अघि रहेको एथ्लेटिकोका लागि ७६ औं मिनेटमा साउल निगुएजले गोल गर्दै २–० को जित दिलाए । जितपछि शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक छ । योसँगै एथ्लेटिकोले २ खेल कम खेलेर शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

सेभिल्ला १७ खेलबाट ३० अंकसहित छैटौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा ग्रानाडाले ओसासुनालाई २–० ले पराजित गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top