ट्रेण्डिङ

होमपेज / खेलकुद

महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन, विजेतालाई १५ लाख

नेपालगाथा २०७७ पौष २४ गते शुक्रबार १२:१०:०६ मा प्रकाशित

काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईकाअनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ। यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो। कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताए। कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उनले बताए।

आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ। उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिए। नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो। महिला लिगको विजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछ। उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top