ट्रेण्डिङ

होमपेज / खेलकुद

मदन भण्डारी स्पोर्टस् एकेडेमी सुर्खेतको अध्यक्षमा सुरज थापा

नेपालगाथा २०७७ मंसिर ७ गते आइतबार २०:४४:२६ मा प्रकाशित

सुर्खेत । मदन भण्डारी स्पोर्टस् एकेडेमी सुर्खेतको अध्यक्षमा सुरज थापा चयन भएका छन् । 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यको विशेष उपस्थितिमा सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी सुर्खेत गठन गरिएको हो । १५ सदस्यीय कमिटीको उपाध्यक्षमा टेकराज आचार्य, सचिव प्रभात पोखरेल, सहसचिव घनश्याम बस्नेत र कोषाध्यक्ष निशान पाण्डे रहेका छन् । 
यसैगरी कमिटीको सदस्यहरूमा दीपक बिक, बिशाल बस्याल, चन्द्र कार्की, नवीन रिजाल, रन्जु परियार, अन्जली पोखरेल, दिनेश ओली, जनक चौधरी, भरत शर्मा, सर्वराज अधिकारी, श्याम मर्साङगी, विमल पौडेल, अमर थापा मगर, समुन्द्र शाही र गणेश सुनार रहेका छन् । 
अध्यक्ष चयन भएपछि थापाले सुर्खेतमा खेलकुदका गतिविधिलाई सशक्त पार्दै संगठनलाई थप विस्तार गर्दै अघि बढ्ने बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top