ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकप फुटबलको छनौट खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गर्याे

नेपालगाथा २०७७ मंसिर ४ गते बिहीबार १०:३९:३६ मा प्रकाशित

विश्वकप फुटबलको छनौट खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । सन २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटको चौथो खेलमा अर्जेन्टिनाले पेरुलाई दुई सुन्य गोलबाट हराउँदै महत्वपूर्ण ३ अंक पाएको छ ।

पेरुको लिमास्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मध्यान्तर अघि नै दुई गोल गरेको हो । अर्जेन्टिनाका लागि १७औं मिनेटमा निकोलास गोन्जालेसले र २८ औं मिनेटमा जाभियर मार्टिनेजले एक एक गोल गरेका हुन ।४ खेलबाट अर्जेन्टिनाले  १० अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ ।

त्यसैगरी  विश्वकपका लागि दक्षिण अमेरिकी छनोट खेलमा अपराजित ब्राजिलले  उरुग्वेलाईदुई सुन्य ,इग्वेडरले कोलम्बीयालाई छ एक बाट  तथा भेनेजुयलाले चिलीलाई दुई एक बाट हराएका छन । त्यसैगरी पाराग्वे र  बोलिभिया विचको खेल दुई दुई गोलबाट बराबरीमा सकिएको छ ।

छनौट खेलको ४ खेलपछि ब्राजिल १२ अंक सहित  पहिलो स्थानमा रहेको छ । १० अंक बटुल्दैअर्जेन्टिना  दोस्रो, इग्वेडर ९ अंक सहित तेश्रोस्थानमा रहेको छ । समान ६ अंक पाएका पाराग्वे र उरुग्वे गोल अन्तरका कारण क्रमस चौथो र पाँचौ स्थानमा रहेका छन । समान ४ अंक पाएका चिली र कोलम्बीया गोल अन्तरका कारण क्रमस छैठौ र सातौ स्थानमा रहेका छन । त्यसैगरी पहिलो जित निकालेको भेनेजुयला ३ अंक सहित आठौ र समान एक एक अंक पाएका पेरु र बोलिभिया क्रमस नवौ र दशौ स्थानमा रहेका छन । १८ खेल पछि विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रबाट शिर्ष चार टोली सोझै कतार विश्वकफ फुटबलका लागि छनौट हुनेछ भने शिर्ष पाँच ले छनौटको लागि प्लेअफको मौक्का पाउने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top